काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले बाजुराको बडीमालिका नगरपालिका–९ मा ६ भन्दा बढी घरमा क्षति पुर्याएको छ। पहिरोले मोती उखेडा, धनबहादुर विक, तुले विक, परे थापा, जंग उखेडा र दीपक विकलगायतका घर तथा गोठमा क्षति पुगेको हो।
पहिरोमा परी मोती उखेडाका दुईवटा गोरु मरेका छन्। घरभित्र पहिरो पस्दा भाँडाकुँडा, लत्ताकपडा र अन्नपातलगायतका सामग्रीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घटनामा मानवीय क्षति भएको छैन। निरन्तर वर्षाका कारण जिल्लाका अन्य क्षेत्रमा पनि बाढी, पहिरो र डुबानबाट क्षति भएको प्रारम्भिक विवरण प्राप्त भइरहेको छ।
प्रहरीले पहिरोको जोखिममा रहेका बस्ती तथा परिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया