काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा नाम्रुङ खोलामा आएको बाढीले चार घर बगाएको छ।
आइतबार बिहान करिब ३ बजे आएको बाढीले नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको प्रहरीले जनाएको छ। बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढी आएको थाहा पाएपछि स्थानीय भागेर ज्यान जोगाएका थिए।
बाढीले चुमनुब्री–४ र वडा नम्बर २ जोड्ने फलामको पुलसमेत बगाएको छ। मुहानतिर खोला केही समय थुनिएर लेदोसहित बाढी आएको हुन सक्ने प्रशासनले जनाएको छ।
बिहान ४ः४० बजेदेखि बाढीको बहाव घटेको र अहिले खोला सामान्य अवस्थामा फर्किएको जनाइएको छ। नाम्रुङ खोला बूढीगण्डकीमा मिसिने भएकाले बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया