काठमाडौं । मनसुनी वायुको प्रभावका कारण आज देशभर मौसम बदली रही अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तराईका विभिन्न क्षेत्रमा समेत चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भूभागमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति पनि देशभर बदली रहने र विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाको सम्भावना भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया