काठमाडौं । बाढीपीडितको राहत तथा उद्धारका लागि युरोपेली संघ (ईयू) ले नेपालमा थप ८२ टन अत्यावश्यक राहत सामग्री पठाएको छ। युनिसेफसँगको सहकार्यमा विमानमार्फत उक्त सामग्री नेपाल ल्याइएको हो।
ईयूले विपद् प्रतिकार्यका लागि थप ५ लाख युरो सहयोग गर्ने जनाएको छ। उक्त रकमबाट बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री र सेवा तत्काल उपलब्ध गराइनेछ।
यसैगरी, लक्जेम्बर्ग, जर्मनी, लाट्भिया र नर्वेले लाइफ ज्याकेट, कम्बल, सरसफाइ तथा स्वास्थ्य सामग्री र आपत्कालीन उपकरण नेपाल पठाइरहेका छन्। यसअघि ईयूले २० लाख युरो बराबरको आपत्कालीन सहायता घोषणा गरिसकेको थियो।
सम्बन्धित खबर

प्रतिक्रिया