काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्।
त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएका ७४ घाइतेमध्ये २५ जनाको उपचार जारी छ। उपचाररतमध्ये दुई जनालाई आईसीयू र दुई जनालाई हाई केयरमा राखिएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईँले बताए।
बाढीमा घाइते भई अस्पताल ल्याइएका २५ वर्षीय कुशल मगरको भने उपचारका क्रममा मृत्यु भएको छ।
सम्बन्धित खबर

प्रतिक्रिया