त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार


काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ।

खोजी तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले खोजी तीव्र पारेको थियो। त्यसक्रममा एक जनालाई जीवितै उद्धार गरिएको हो।

नेपाली सेनाको उद्धार टोलीले आज बिहान सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि खोजी तथा उद्धार कार्य अघि बढाएको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार