विपद्मा मृत्यु हुनेको संख्या १ हजार २८२ पुग्यो


काठमाडौं । भदौ १९ गते बिहान ५ बजेसम्मको विवरणअनुसार विपद् प्रभावित क्षेत्रमा मृत्यु हुनेको संख्या १ हजार २८२ पुगेको छ। मृतकमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। ५३२ वटा आंशिक अंगसमेत फेला परेका छन् भने अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।

विपद्का कारण ६५ वटा प्रहरी कार्यालय प्रभावित भएका छन् भने २५ वटा प्रहरी कार्यालय अझै सम्पर्कविहीन छन्। शव पहिचानमा चुनौती देखिएको छ। हालसम्म १ हजार १४१ शवको पहिचान हुन बाँकी रहेको र तीमध्ये ९२६ शवलाई जमिनमुनि सुरक्षित राखिएको जनाइएको छ।

शव पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार १४३ मृतक र ७१९ जना आफन्त गरी कुल १ हजार ८६२ वटा डीएनए नमुना संकलन गरिएको छ।

विवरणअनुसार स्वदेशी २ हजार ८४७ र विदेशी नागरिक ६०१ जनाको तथ्यांक संकलन गरिएको छ। विपद्पछिको जनचेतना अभिवृद्धिका लागि प्रहरीले १०६ वटा कार्यक्रम सञ्चालन गरी ४१ हजार ७२६ जनालाई सहभागी गराएको छ।

तथ्यांकले विपद्पछिको खोज, उद्धार, शव व्यवस्थापन तथा पहिचानको काम अझै चुनौतीपूर्ण रहेको देखाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार