काठमाडौँ । वसन्तपुरस्थित कुमारी घरलाई मर्मतसम्भार गरी इन्द्रजात्राका लागि तयार पारिँदै छ। आठ दिनसम्म मनाइने इन्द्रजात्राको पहिलो दिन नगरका विभिन्न टोलमा यम्बद्यः अर्थात् इन्द्र देवताका रूपमा १५–१६ फिट अग्ला लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने प्रचलन छ।
भाद्र शुक्ल पक्ष द्वादशीका दिन स्थानीयवासीले लिङ्गो ठड्याएर इन्द्र देवता उठाइएको मान्यता राख्छन्। द्वापरयुगदेखि इन्द्रजात्रा सञ्चालन हुँदै आए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रालाई व्यवस्थित रूपमा प्रचलनमा ल्याएको मानिन्छ।

सम्बन्धित खबर

