काठमाडौं । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिकाले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रकम जुटाएर प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै बेपत्ताहरू सकुशल सम्पर्कमा आउने विश्वास व्यक्त गर्दै विपद्को घडीमा यथासम्भव सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

