भोटेकोशी बाढीमा २२० जनाको मृत्यु


काठमाडौं ।  भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २२० पुगेको छ। नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लाबाट हालसम्म २२० जनाको शव फेला परेको हो।

सबैभन्दा धेरै चितवनमा १०८ जनाको शव फेला परेको छ। यस्तै, पूर्वनवलपरासीमा ३२, धादिङमा २७, गोरखामा २०, तनहुँमा १३, नुवाकोटमा १२, पश्चिम नवलपरासीमा ६ र रसुवामा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी घाइते भएका ३६१ जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन्।

मृतक, घाइते तथा प्रभावितको संख्या अझै बढ्न सक्ने भन्दै प्रहरीले विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ।

२०८३ भाद्र ११, बिहीबार १५:१० प्रकाशित
ट्रेन्डिङ समाचार