काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १६५ पुगेको छ भने ८२६ जना अझै सम्पर्कविहीन रहेका छन्।
बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। सुरक्षाकर्मी र उद्धार टोलीले बेपत्ताको खोजी गर्नुका साथै प्रभावित नागरिकको उद्धार र राहत वितरणलाई प्राथमिकता दिएका छन्।
२०८३ भाद्र ११, बिहीबार १२:१४ प्रकाशित


