चितवनमा बाढीबाट ६४ शव फेला


काठमाडौं । चितवनमा बाढीका कारण मृत्यु भएकामध्ये हालसम्म ६४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। चितवन प्रहरीका अनुसार शव खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार जिल्लाका स्वास्थ्य संस्थामा करिब ५० वटा शव मात्र राख्न सक्ने क्षमता रहेको छ। शव राख्ने स्थानको अभाव हुनसक्ने भएकाले आपत्कालीन व्यवस्थापनअनुसार शवको सुरक्षा गर्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

प्रहरीले थप शव फेला परेमा तत्काल नजिकको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ। साथै, क्षतिग्रस्त शवका विभत्स तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक नगर्न समेत अपिल गरेको छ।

२०८३ भाद्र ११, बिहीबार १०:०५ प्रकाशित
ट्रेन्डिङ समाचार