रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन


काठमाडौं । रसुवामा आएको बाढीका कारण ८२६ जना सम्पर्कविहीन भएका छन्।

नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा ५७९ जना पर्यटक, ४४ जना नेपाली सेना, २८ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी छन्।

यस्तै, रसुवाका १६१ जना र नुवाकोटका १ जना पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

२०८३ भाद्र ११, बिहीबार ०९:४९ प्रकाशित
ट्रेन्डिङ समाचार