बाढी प्रभावित क्षेत्रबारे छलफल गर्न रविले बोलाए सर्वदलीय बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङको उद्धार, राहत तथा पुनर्स्थापनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बिहान ९ बजे बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको छ।

बुधबार तिब्बततर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार