भोटेकोशी बाढीपीडितका लागि ८ टन राहत


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाले आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाएको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत पुर्‍याउने उद्देश्यले सामग्री गएराति नै सेनाका ट्रकमार्फत पठाइएको हो। राहत सामग्रीमा मच्छरदानी, बालबालिकाका डिग्निटी किट, स्लिपिङ ब्याग, कम्बल, त्रिपाल, सोलार बत्ती, सोलार प्लेट र जेनेरेटरलगायत सामग्री छन्।

बाढीका कारण प्रभावित नागरिकलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा राहत सामग्री व्यवस्थापन तथा ढुवानी गरिएको जनाइएको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कामलाई तीव्रता दिएको जनाएको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार