ADVERTISEMENT

रुबियोले भने– विपद्मा नेपालसँगै छ अमेरिका

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढी र डुबानप्रति दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै रुबियोले विपद्को यस घडीमा अमेरिका नेपालसँगै रहेको बताएका छन्। उनले बाढीबाट प्रभावित नेपाली जनताप्रति प्रार्थना व्यक्त गर्दै आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारलाई सहयोग गर्न अमेरिकी विदेश मन्त्रालय तयार रहेको बताएका हुन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार