काठमाडौं । तिब्बतमा नदी थुनिएर बनेको ताल फुटेपछि भोटेकोशी, त्रिशूली र नारायणीमा आएको विनाशकारी बाढीले चार वटा जलमापन केन्द्र बगाएको छ।
बाढीले रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखु (फुर्के) जलमापन केन्द्र पुलसहित बगाएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टरको भूकम्प मापन भएपछि केही समयमै भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको थियो। महाशाखाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सूचना दिँदै ६ लाख ७९ हजारभन्दा बढी पूर्वसूचना एसएमएस पठाएको जनाएको छ।
बाढी मलेखु हुँदै मुग्लिन पार गरेर दिउँसो ३ः२० बजे देवघाट पुगेको थियो। देवघाटमा मात्रै करिब २ करोड घनमिटर अतिरिक्त पानीको बहाव भएको प्रारम्भिक प्राविधिक आँकलन गरिएको छ।
सम्बन्धित खबर


