काठमाडौं । रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीमा फसेका सयभन्दा बढी नागरिकको उद्धार गरिएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार धुन्चे क्षेत्रबाट ८५, टिमुरेबाट १३, मैलुङबाट ५, बेतावत्रीबाट ४ र त्रिशूली क्षेत्रबाट ३ जनाको उद्धार गरिएको हो।
उनीहरूलाई नेपाली सेना तथा निजी कम्पनीका हेलिकप्टरमार्फत उद्धार गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बुधबार आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र चितवनमा समेत ठूलो क्षति भएको छ।
२०८३ भाद्र १०, बुधबार १७:०३ प्रकाशित


