कपिलवस्तुमा १५ किलोभन्दा बढी लागुऔषध बरामद, ६ पक्राउ


काठमाडौं । कपिलवस्तु प्रहरीले छुट्टाछुट्टै घटनामा १५ किलोभन्दा बढी लागुऔषध बरामद गर्दै ६ जनालाई पक्राउ गरेको छ।

कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कबाट प्रहरीले पाँच जनालाई पक्राउ गरी उनीहरूको साथबाट ५ किलो २२५ ग्राम चरेसजस्तो देखिने कालो गिलो पदार्थ र १० किलो अफिमजस्तो देखिने गिलो पदार्थ बरामद गरेको जनाएको छ। उनीहरूको साथबाट पाँच थान मोबाइलसमेत बरामद भएको छ।

यस्तै, शिवराज नगरपालिका–५ चन्द्रौटाबाट १८ वर्षीय अनुप नेपालीलाई पक्राउ गरी ५८० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैमाथि लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिनुभयो।

२०८३ भाद्र ८, सोमबार ११:१४ प्रकाशित
ट्रेन्डिङ समाचार