काठमाडौं ।
कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको छ । ८७ भन्दा बढी घाइते भएका छन् ।
कोलम्बियाका काली लगायत प्रमुख सहरहरूमा बहुतले भवनहरू भत्किँदा कैयौँ मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
घटनालगत्तै नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डि ला एस्प्रियालाले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यको नेतृत्व आफैँ सम्हाल्ने बताएका छन् ।
भूकम्पको केन्द्रविन्दु कोलम्बियाको प्रशान्त महासागरीय तटीय क्षेत्रमा रहेको चोको प्रान्तको पूर्वोत्तर सीमाना, तातामा राष्ट्रिय निकुञ्जनजिकै, जमिनको सतहबाट करिब १०७ किलोमिटर गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएकाे छ ।
भूकम्पको शक्तिशाली धक्का छिमेकी मुलुक पानामा, इक्वेडर र भेनेजुएलासम्म महसुस गरिएकाे थियाे ।
२०८३ श्रावण २६, मंगलवार ०६:३२ प्रकाशित

