१०० बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत बिक्री भइरहेका एक सयभन्दा बढी शंकास्पद नक्कली दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा परेका मसाज तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत उत्पादनको गुणस्तर र मौलिकता परीक्षण भइरहेको विभागले जनाएको छ। परीक्षण प्रतिवेदनका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको छ। साथै, बजारमा शंकास्पद वा नक्कली उत्पादन देखिएमा विभागलाई जानकारी गराउन उपभोक्तासँग आग्रह गरिएको छ।

२०८३ श्रावण १७, आईतवार १५:१८ प्रकाशित
ट्रेन्डिङ समाचार