काठमाडौं । नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ मा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मोहमद फिराद मियाँ रहेका छन्। शनिबार दिउँसो बन्दा खोलामा करेन्ट लगाएर माछा मारिरहेका बेला उनी गम्भीर घाइते भएका थिए।
उपचारका लागि देवदह मेडिकल कलेज, भलुही लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
२०८३ श्रावण १६, शनिबार १८:४४ प्रकाशित

