६ वर्षदेखि अलपत्र विद्यालय भवन, विद्यार्थी जोखिममा


काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५ कोठे भवन निर्माण ६ वर्षदेखि अलपत्र परेको छ। भवन निर्माणमा हालसम्म १ करोड १० लाख रुपैयाँ खर्च भए पनि गम्भीर प्राविधिक त्रुटि र गुणस्तरहीन निर्माणका कारण काम रोकिएको हो।

विद्यालय सञ्चालन हुन नसक्दा गरिब तथा विपन्न समुदायका बालबालिका ६ लेन सडक पार गरेर पर्सा जिल्लाका विद्यालय जान बाध्य छन्। स्थानीयले दोषीमाथि छानबिन र कारबाही गर्दै असुरक्षित भवन भत्काएर नयाँ भवन निर्माण गर्न माग गरेका छन्। उपमहानगरपालिकाले पनि भवन प्राविधिक रूपमा असुरक्षित रहेको स्वीकार गर्दै हालको अवस्थामा थप काम गर्न नसकिने जनाएको छ।

२०८३ श्रावण ५, मंगलवार ०८:३१ प्रकाशित
ट्रेन्डिङ समाचार