काठमाडौं। वरिष्ठ आख्यानकार तथा नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरको चर्चित नेपालभाषा उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक गरिएको छ।
शनिबार बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले पुस्तक सार्वजनिक गर्नुभयो। कार्यक्रममा उहाँले नेपाली साहित्यका कृतिहरू अंग्रेजीमा अनुवाद हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।
उपन्यासको अंग्रेजी अनुवाद डा. ज्योति प्रभा तुलाधरले गर्नुभएको हो भने पुस्तक आदर्श इन्टरप्राइजेजले प्रकाशन गरेको हो। कार्यक्रममा साहित्यकार तथा समालोचक प्रा. डा. अभि सुवेदी, नेपालभाषा एकेडेमीका उपकुलपति डा. पुष्पराज राजकर्णिकारलगायतले उपन्यास र लेखकको योगदानको प्रशंसा गर्नुभएको थियो।
२०८३ श्रावण ३, आईतवार १९:०३ प्रकाशित

