काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–३, परेचौतारास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीले छापामार कारबाहीका क्रममा नगद १ लाख ६९ हजार ३ सय ५० रुपैयाँ, ७ थान मोबाइल, २ गड्डी तास तथा जुवा खेल्न प्रयोग गरिएको डसना बरामद गरेको जनाएको छ।
पक्राउ परेकाविरुद्ध जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।
२०८३ श्रावण ३, आईतवार १८:४१ प्रकाशित

