काठमाडौँ ।खोटाङमा शनिबार साँझ आएको बाढीमा बगेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी–६ की ४३ वर्षीया शान्ता राई र केपिलासगढी–४ का ७१ वर्षीय पर्शुराम परियार रहेका छन्।
प्रहरीका अनुसार भारी वर्षापछि आएको बाढीले उनीहरूलाई बगाएको हो। खोजीपछि दुवै जनाको शव फेला परेको छ भने पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भइरहेको छ।
२०८३ श्रावण ३, आईतवार ११:३८ प्रकाशित

