टेलिकम टावरमा चढेका युवकको सकुशल उद्धार


काठमाडौं  । सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको टावरमा चढेका गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैनको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले परिवारका सदस्यसँग टेलिफोनमार्फत् कुरा गराएपछि उनी स्वेच्छाले टावरबाट ओर्लिएका हुन्।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो। उनी टावरमा चढ्नुको कारण भने खुलेको छैन।

२०८३ श्रावण ३, आईतवार ०९:३१ प्रकाशित
ट्रेन्डिङ समाचार