ढिला जलविद्युत् आयोजनाको आरसीओडी म्याद थप्ने प्रक्रिया सुरु


काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले निर्धारित समयमा व्यावसायिक विद्युत् उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको आरसीओडी (व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति) म्याद थप्ने प्रक्रिया अघि बढाएको छ।

सञ्चालक समितिको निर्णयअनुसार आयोजनालाई प्रगति र दायित्व पूरा गरेको अवस्थाका आधारमा ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरिनेछ।

ग्रिड तयारी नहुँदा वा काबुबाहिरका कारण ढिलाइ भएका तथा उल्लेखनीय प्रगति गरेका आयोजना ‘ख’ समूहमा राखी म्याद थप गरिनेछ भने कमजोर प्रगति भएका आयोजनालाई ‘नोटिस अफ डिफल्ट’ र गम्भीर रूपमा सम्झौता उल्लंघन गर्ने आयोजनाको पीपीए रद्द गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार