अन्तिम समयमा स्पेनको जित, पोर्चुगल विश्वकपबाट बाहिरियो


काठमाडौं ।  स्पेनले फिफा विश्वकपको राउन्ड अफ–१६ मा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।

अमेरिकाको डलासमा भएको प्रतिस्पर्धामा निर्धारित समयभर गोलरहित बराबरी रहे पनि दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए।

यससँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ–१६ मै समाप्त भएको छ।

२०८३ असार २३, मंगलवार ०८:१९ प्रकाशित
ट्रेन्डिङ समाचार