पाकिस्तान बस दुर्घटनामा ४० जनाको मृत्यु


काठमाडौ । पाकिस्तानको बलुचिस्तान–खैबर पख्तुनख्वा सीमावर्ती दाना सार क्षेत्रमा यात्रुवाहक बस गहिरो खोंचमा खस्दा ४० जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

क्वेटाबाट पेशावर जाँदै गरेको बस अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ। क्षमता भन्दा बढी यात्रु बोकेको आशंका गरिएको छ भने दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

२०८३ असार २०, शनिबार १२:१० प्रकाशित
ट्रेन्डिङ समाचार