नागरिक बडापत्रमा समावेश गर्नुपर्ने विषयवस्तुहरु के के हुन् ? नागरिक बडापत्रको सिद्धान्त एवं महत्व स्पष्ट पार्दै नागरिक बडापत्रको कार्यान्वयनमा देखा परेका समस्या र समाधानका उपायहरु प्रकाश पार्नुहोस् ।
पृष्ठभूमि
सार्वजनिक निकायले प्रदान गर्ने सेवाको प्रकृति, प्रक्रिया, समय, लागत, स्थान, सेवा दिने जिम्मेवार अधिकारी र क्षतिपूर्तिसहितको जानकारीको पूर्ण विवरण तथा सेवाको प्रतिबद्धता नै नागरिक बडापत्र हो ।
सार्वजनिक सेवा बडापत्रको अवधारणाको विकास बेलायतका प्रधानमन्त्री जोन मेजरले सन् १९९१ मा ल्याएका हुन् ।
नागरिक बडापत्रमा समावेश गर्नुपर्ने विषयहरु
सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति
सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नु पर्ने कार्यविधि,
सेवा प्रदान गर्न लाग्ने समयावधि,
सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण,
सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको विवरण,
सेवा प्राप्त गर्न सेवाग्राहीले पेश गर्नु पर्ने कागजात,
सेवाग्राहीले सेवा सम्बन्धमा गरेका गुनासो सुन्ने अधिकारीको पद र नाम
सेवा प्रदायक निकायको तालुक कार्यालय र टेलिफोन नम्वर,
सेवा प्रवाहको प्राथमिकताक्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाहरु
नागरिक बडापत्रका सिद्धान्तहरु
नागरिकहरुको अपेक्षा र आवश्यकता पुरा गर्न सेवाको स्तर निर्धारण
नागरिकहरुको माग र सेवा प्रदान गर्नेहरुको क्षमतामा जोड
नागरिक बडापत्र निर्माण गर्दाकै अवस्थामा सेवाग्राही जनताको सहभागीता
अनुगमन र सूचनाको प्रवाह गरी पारदर्शिताको प्रवर्द्धन
जनताका गुनासाहरुको खुला सम्बोधन
नागरिक बडापत्रको महत्व
सार्वजनिक निकायले प्रदान गर्ने सेवाको जानकारी प्रदान गर्न
सरकारी निकाय र अधिकारीहरुलाई जिम्मेवार बनाउन।
सेवा वितरणमा पारदर्शिता र जवाफदेहिताको प्रवर्द्धन गर्न
सेवा प्रवाहमा सरलता, सहजता, शिघ्रता, गुणस्तरियता र प्रभावकारीता कायम गर्न
सूचनाको हकको कार्यान्वयनमा सघाउ पुर्याउन
राज्य र जनताबीच सुमधुर सम्बन्ध स्थापना गर्न
सार्वजनिक सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न
सेवाप्रदायक र सेवाग्राहीबीच मजबुत सम्बन्ध कायम गर्न
राज्यप्रति नागरिकको अपनत्व भावमा अभिवृद्धि गर्न
सेवा प्रवाहमा नागरिक सन्तुष्टिलाई सम्बोधन गर्न
सेवा प्रवाहको प्रक्रियाको बारेमा जानकारी प्रदान गर्न
नागरिक बडापत्रको कार्यान्वयनमा देखा परेका समस्या
सबै सार्वजनिक निकायले नागरिक बडापत्र प्रयोगमा ल्याउन नसकेको
नागरिक बडापत्र सबैले देख्ने स्थानमा नराख्नु
नागरिक बडापत्रको समसामयिक परिमार्जन तथा अद्यावधिक हुन नसकेको
नागरिक बडापत्रको कार्यान्वयन अवस्थाको प्रभावकारी अनुगमन हुन नसकेको
क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागु हुन नसकेको
सबै कार्यालयमा श्रव्य दृश्य सेवा बडापत्रको व्यवस्था नभएको
नागरिक बडापत्रलाई प्राथमिकता नदिइएको
सेवाग्राहीहरु बडापत्र प्रयोगमा उदासिन रहेको
बहुभाषिक नागरिक बडापत्र तयार नगरिएको
समस्या समाधानको उपायहरु
सम्पूर्ण सार्वजनिक निकायले नागरिक बडापत्र प्रयोगमा जोड दिने
आम जनता र सरोकारवाला पक्षहरुसँग छलफल गरी नागरिक बडापत्र तयार गर्ने
नागरिक बडापत्रको प्रयोगको सम्बन्धमा सरोकारवालाहरुलाई अभिमुखीकरण गर्ने
नागरिक बडापत्र स्थानीय भाषामा तयार गर्ने
क्षतिपूर्ति सहितको नागरिक बडापत्रको कार्यान्वयनमा जोड दिने
नागरिक बडापत्र प्रयोगमा ल्याए/नल्याएको अनुगमन गर्ने
नागरिक बडापत्र सबैले देख्ने स्थानमा राख्ने ।
नागरिक बडापत्रको समसामयिक परिमार्जन तथा अद्यावधिक गर्ने
श्रव्य दृश्य सेवा बडापत्रको व्यवस्था गर्ने
सेवा वितरणमा प्रविधिको प्रयोगमा जोड दिने
निष्कर्ष
प्रत्येक सरकारी कार्यालयले कार्यालय परिसरभित्र सबैले देख्ने उपयुक्त ठाउँमा नागरिक बडापत्र राख्नुपर्ने व्यवस्था रहे पनि यसको प्रयोगमा सेवा प्रदायक र सेवाग्राही दुवै पक्ष उदासिन रहेकोमा त्यसमा सुधार ल्याउन आवश्यक छ ।
निजामति कर्मचारीहरुका आचरणहरु उल्लेख गर्दै आचरणको उल्लंघन गरे वापत हुने सजाय स्पष्ट पार्नुहोस् ।
पृष्ठभूमि
निजामती कर्मचारीसम्बन्धी विभिन्न सेवा कानुनमा उल्लेख भएका मर्यादा र अनुशासनका विषयहरु नै निजामति कर्मचारीका आचरणहरु हुन् ।
निजामती सेवा ऐन, २०४९ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ र निजामती कर्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ लगायतका विविध कानूनहरुमा आचरणसम्बन्धी व्यवस्थाहरु गरिएका छन् ।
निजामति कर्मचारीका आचरणहरु
निजामति सेवा ऐन, २०४९ को व्यवस्था
नियमित रूपले कार्यालयमा हाजिर हुनुपर्ने र बिदाको स्वीकृति नलिई अनुपस्थित हुन नहुने
अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारी र तत्परताको साथ पालन गर्नुपर्ने
सरकारी कामसम्बन्धी कुरामा आफूभन्दा माथिको अधिकृतले दिएका आज्ञालाई शीघ्रताका साथ पूरा गर्नुपर्ने
आफूभन्दा माथिका सबै कर्मचारीहरूप्रति उचित आदर र आफूमुनिका कर्मचारीहरूप्रति उचित व्यवहार गर्नुपर्ने
राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने
राजनीतिमा भाग लिन नहुने
सरकारको आलोचना गर्न नहुने
कर्तव्य पालन गर्दा जानकारीमा आएको कुनै गोप्य वा निषेधित विषय आफूले लेखेको वा संकलन गरेको कुनै कागजपत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट बताउन नहुने
सरकारी काममा असर पर्न सक्ने गरी पूर्व स्वीकृति कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा सापटी लिन नहुने
कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने
स्थायी आवासीय अनुमति लिन नहुने
प्रदर्शन, हडताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध लाग्ने
आफूलाई मर्का परेको विषयमा निवेदन दिनबाहेक अरू व्यक्ति वा समूहको तर्फबाट प्रतिनिधित्व गर्न नहुने
आफ्नो सम्पत्तिको विवरण पेश गर्न नहुने
कर्मचारीले कसैलाई पनि यातना दिन नहुने
यौनजन्य दुव्र्यवहार र घरेलु हिंसासम्बन्धी कार्य गर्न गराउन नहुने
आफ्नो कार्यालयमा काम गर्दा सबैप्रति शिष्ट व्यवहार गर्नुपर्ने
आफ्नो जिम्मेवारीलाई मर्यादापूर्वक बहन गरी निष्पक्ष, स्वच्छ तथा छिटो छरितो रूपमा कार्यसम्पादन गर्नुपर्ने
सरकारी सम्पत्तिको प्रयोग वा उपयोग घरायसी कार्यको लागि गर्न नहुने
कुनै पनि सरकारी कर्मचारीलाई कार्यालयको काममा बाहेक आफ्नो घरायसी काममा लगाउन नहुने
निजामती कर्मचारीले आफ्नो कामसँग सम्बन्धित सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने
सेवाग्राहीको कामसँग सम्बन्धित विषय, प्रक्रिया र काम सम्पादन गर्न लाग्ने समयसमेतको स्पष्ट जानकारी सेवाग्राहीलाई यथासमयमा गराउनुपर्ने
आफ्नो सेवा र पदअनुसारको आचरण पालन गर्नुपर्ने
सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली २०५० को व्यवस्था
अनुशासनमा रही इमान्दारी र तत्परताका साथ कर्तव्य पालन गर्नु पर्ने,
राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने,
राजनैतिक दलको सदस्यको रुपमा कार्य गर्न नहुने
सार्वजनिक रुपमा सरकारको आलोचना गर्न नहुने ,
कानून बमोजिमको गोप्यता कायम गर्नु पर्ने,
तोकिएको जिम्मेवारी सम्पादनमा कुनै प्रकारले असर पर्न सक्ने गरी दान, उपहार, चन्दा प्राप्त गर्न र सापटी लिन दिन नहुने,
कम्पनीको स्थापना, सञ्चालन तथा व्यापार व्यावसाय गर्न नहुने,
निर्वाचनमा कुनै राजनैतिक दलको प्रचार गर्ने र समर्थक भई भाग लिन नहुने,
कर्तव्य पालन गर्दा शिष्ट र मर्यादित व्यवहार गर्नु पर्ने ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले जुनसुकै कारणले आवकाश प्राप्त गरेको अवस्थामा पनि कानून बमोजिमको गोप्य राख्नु पर्ने विषय सधै गोप्य राख्नु पर्ने
निजामति सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ को व्यवस्था
(क) पदीय आचरण
पदीय मर्यादा कायम राख्नुपर्ने
उचित र समान व्यवहार गर्नुपर्ने
कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काम मात्र गर्नुपर्ने
कार्यालयको सामान तथा सुविधाको दुरुपयोग गर्न नहुने
सूचना दिन वा सूचनाको दुरुपयोग गर्ने
काम कारबाहीमा निष्पक्षता कायम गर्ने
व्यापार व्यवसाय गर्न नहुने
स्वार्थ रहेको विषयमा जानकारी गराउनुपर्ने
परिचयपत्र पोशाक लगाउनुपर्ने
राजनीतिक तटस्थता कायम गर्नुपर्ने
पारदर्शिता कायम गर्ने
आफूलाई सुम्पिएको जिम्मेवारी छिटो छरितो पूर्ण र गुणस्तरीय रुपमा गर्नुपर्ने
गुनासो व्यवस्थापन गर्नुपर्ने
(ख) पेशागत आचरण
कानूनको जानकारी र पालना गर्नुपर्ने
पेशाको सम्मान गर्नुपर्ने
आफ्नो क्षमता विकास गर्न प्रयत्न गर्ने
पेशागत अनुमतिपत्र पालना गर्नुपर्ने
गुणस्तरीय रुपमा कार्यसम्पादन गर्ने
व्यवसायिक मापदण्डको पालना गर्ने
निर्देशनको पालना गर्नुपर्ने
आर्थिक अनुशासन र सदाचारिता कायम गर्नुपर्ने
(ग) व्यक्तिगत आचरण
आफूभन्दा माथिका सबै कर्मचारीहरूप्रति उचित आदर र आफूमुनिका कर्मचारीहरूप्रति उचित व्यवहार गर्नुपर्ने
जुवा खेल्ने, तास खेल्ने तथा सार्वजनिक रुपमा जाँड रक्सी सेवन गर्ने वा यस्तै समाजमा निन्दनीय हुने कार्य गर्न नहुने
नेपाल सरकार र निजामति सेवा प्रति जनविश्वास अभिवृद्धि गर्न सदैव प्रयत्नशील रहने
आचरण उल्लंघन गरेमा हुने सजाय
राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त हुने
स्थायी आवासीय अनुमति लिएमा वा सो को लागि आवेदन दिएमा भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त हुने
अन्य आचरणहरु उल्लंघन गरिएमा दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुई देखि पाँच तलब बृद्धिसम्म रोक्का गर्ने
आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेमा भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त हुने
निष्कर्ष
सार्वजनिक सेवामा प्रवेश गर्ने व्यक्तिले सेवासम्बन्धी कानुनमा उल्लेख भएको आचरण पालना गर्नु अनिवार्य हुन्छ । सार्वजनिक सेवामा प्रवेश गरेपछि स्वतन्त्र व्यक्तिले उपभोग गर्न पाउने केही मौलिक हकहरू स्थगित हुन्छन् । सेवा कानूनमा गरिएका आचरणसम्बन्धी फरकफरक व्यवस्थामा एकरुपता कायम गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ ।

