जोर्डनको अग्रता भत्काउँदै अल्जेरियाको बराबरी गोल


काठमाडौं ।  फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलमा अल्जेरिया राष्ट्रिय फुटबल टोलीले जोर्डन राष्ट्रिय फुटबल टोली विरुद्ध बराबरी गोल फर्काएको छ।

पहिलो हाफको ३६औं मिनेटमा जोर्डनका निजार अल रशदानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको ६९औं मिनेटमा नाधीर बेनबोउलीले रियाद महरेजको उत्कृष्ट क्रसलाई हेडरमार्फत गोलमा परिणत गर्दै अल्जेरियालाई खेलमा बराबरीमा ल्याए।

खेल अहिले रोमाञ्चक बराबरी स्थितिमा जारी छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार