महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालनमा


काठमाडौं । महानगर यातायात प्रालिले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा सञ्चालनमा आएका ३३ सिट क्षमताका यी बसहरूले एक पटकमा करिब ७० यात्रु बोक्न सक्ने कम्पनीले जनाएको छ।

चीनबाट आयात गरिएका बसमा १४४ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ, जसले पूर्ण चार्जमा करिब २०० किलोमिटर दूरी तय गर्न सक्छ। कम्पनीका अनुसार विद्युतीय बस सञ्चालन खर्च कम हुने भएकाले डिजेल बसको तुलनामा बढी प्रभावकारी र आम्दानीमुखी देखिएको छ।

हाल महानगर यातायातले ५२ वटा विद्युतीय सवारीसहित १४० भन्दा बढी सवारीमार्फत काठमाडौं उपत्यका तथा बाहिरी क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ।

२०८३ जेष्ठ २०, बुधबार १८:३८ प्रकाशित
ट्रेन्डिङ समाचार