अस्ट्रेलियामा न्यूनतम र अवार्ड ज्याला वृद्धि


काठमाडौं  । अस्ट्रेलियामा आगामी जुलाई १ देखि राष्ट्रिय न्यूनतम ज्याला ५.९ प्रतिशतले बढ्ने भएको छ। नयाँ व्यवस्थाअनुसार प्रतिघण्टा न्यूनतम ज्याला २४.९५ अस्ट्रेलियन डलरबाट २६.४४ डलर पुग्नेछ, जसबाट करिब एक लाख कामदार प्रत्यक्ष लाभान्वित हुनेछन्।

त्यसैगरी, विभिन्न उद्योग तथा पेशामा लागू हुने अवार्ड ज्यालामा ४.७५ प्रतिशत वृद्धि गरिने भएको छ, जसको प्रभाव करिब २८ लाख कामदारमा पर्ने अनुमान गरिएको छ। बढ्दो महँगी र जीवनयापन खर्चलाई ध्यानमा राख्दै ज्याला निर्धारण आयोगले श्रमिकको आम्दानी संरक्षणका लागि यो निर्णय गरेको जनाएको छ।

२०८३ जेष्ठ १९, मंगलवार २०:४९ प्रकाशित
ट्रेन्डिङ समाचार