भुक्तानी संस्थाका लगानीकर्ता र पदाधिकारीमाथि राष्ट्र बैंकको कडा निगरानी


काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणालीसँग आबद्ध संस्थाहरूको स्वामित्व, व्यवस्थापन र नियन्त्रणमा रहने व्यक्तिमाथि निगरानी कडा बनाएको छ। नयाँ व्यवस्थाअनुसार संस्थामा उल्लेखनीय लगानी गर्ने, सञ्चालक वा उच्च व्यवस्थापनमा नियुक्त हुने व्यक्तिले आफ्नो वित्तीय, कानुनी र व्यक्तिगत विवरण राष्ट्र बैंकमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

राष्ट्र बैंकले वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण तथा गैरकानुनी गतिविधिसँग सम्बन्धित व्यक्तिको पहुँच वित्तीय प्रणालीसम्म पुग्न नदिन यस्तो व्यवस्था लागू गरेको जनाएको छ। नयाँ नियम हालका लगानीकर्ता, सञ्चालक र वास्तविक धनीहरूमा समेत लागू हुने भएको छ। यसबाट भुक्तानी सेवा प्रदायक संस्थाहरूको स्वामित्व संरचना थप पारदर्शी हुने र वित्तीय प्रणालीप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ।

 

 

 

२०८३ जेष्ठ १९, मंगलवार २०:२२ प्रकाशित
ट्रेन्डिङ समाचार