क्युआर कोड र बार कोडको भिन्नता उल्लेख गर्दै क्युआर कोडका फाइदा र बेफाइदाहरु उल्लेख गर्नुहोस् ।
क्युआरकोडको परिचय
क्युआर कोड, क्विक रेस्पोन्स कोडको संक्षिप्त रुप हो। यसको नाम अनुसार क्युआर कोडले छिटो रेस्पोन्स दिने गर्दछ।
यसले छिटो रेस्पोन्स दिने हुँदा यसलाई क्युआर कोड नामाकरण गरिएको हो।
क्युआर कोडले प्राइस, क्वान्टिटि तथा प्रोडक्टको इमेज पनि स्टोर गर्न सक्छ।
यसलाई एउटै डिभाइसले मात्र नभई धेरै डिजिटल डिभाइसले रिड गर्न सक्छन्।
अहिले स्मार्टफोनहरुले पनि क्युआर कोडको स्क्यान गर्न सक्छन्। यो बाहेक कम्प्युटरहरुले पनि क्युआर कोड स्क्यान गर्न सक्छन्। मुख्यतः वेबसाइट लिंकहरु सेयर गर्न, पेमेन्ट गर्न तथा कन्ट्याक्ट इन्फरमेसन सेयर गर्न क्युआर कोड काममा आउँछ।
सन् १९९४ मा क्युआर कोड पहिलो पटक जापानमा रिलिज भएको थियो।
बार कोडको परिचय
बारकोड एउटा स्क्वायर वा रेक्ट्याङ्गल सेपको इमेज हो र यो मोटा तथा पातला काला भर्टिकल बारहरु, वाइट स्पेस र नम्बरहरुले निर्माण गरिएको हुन्छ। यसका साथै बारकोडमा भएका बारहरु हाइटमा पनि फरक पर्ने हुन्छन्।
यसरी बारकोडमा युज भएको बार, वाइट स्पेस र नम्बरको कम्बिनेसनले एउटा स्पेसिफिक प्रोडक्ट तथा त्यस प्रोडक्टको जानकारी थाहा पाउन सकिन्छ।
सन् १९५२ मा बारकोडको इन्भेन्सन गरिएको थियो। मोर्स कोड माथि आधारित भएर बारकोडको निर्माण गरिएको थियो। मोर्स कोडको डट र ड्यासलाई बढाएर बारकोडमा पातला तथा मोटा बारहरुको युज गरिएको छ।
इन्भेन्सनको २० वर्ष पश्चात मात्र बारकोड कमर्सियल सफलता पाएको थियो।
क्युआर कोड र बार कोडको भिन्नता
बारकोड 1 डी र 2 डी गरी दुई तरिकाको हुन्छ भने क्युआर कोडको प्रकार हुँदैन वा यो एकै प्रकारको मात्र हुन्छ, यसलाई 2D बारकोड पनि भनिन्छ।
बारकोड काला बारहरुको सिरिजको साथै वाइट स्पेस तथा नम्बरहरुद्वारा रिप्रिजेन्ट गरिन्छ भने क्यु आर कोड ब्लाक एण्ड वाइट स्क्वायरबाट रिप्रिजेन्ट गरिन्छ।
बारकोड 1 डी पनि हुने भएकोले यसले होरिजन्टल मात्र गरी एकतर्फी डाटा स्टोर गर्न सक्छ भने क्युआर कोड 2 डी भएकोले यसमा होरिजन्टल तथा भर्टिकल गरी दुवै तिरबाट डाटा स्टोर गर्न सकिन्छ।
बारकोडको बढिमा हुने स्टोरेज क्यापासिटि भनेको १५५६ बाइट्स (1156 bytes) हो भने क्युआर कोडको बढिमा स्टोर गर्ने क्यापासिटि भनेको ३ किलोबाइट या ३ केबि (3KB) हो।
बारकोड क्युआर कोडको तुलनामा सस्तो छ भने क्युआर कोड बारकोडको तुलनामा महँगो छ।
बारकोडमा थोरै खराबी हुँदा पनि यसलाई स्क्यानरले रिड गर्न गार्हो हुन्छ भने क्युआरकोडमा ६०% खराबी हुँदा पनि स्क्यान गर्न सकिन्छ।
बारकोड स्क्यान गर्न बारकोड हप्टिकल क्यार्याक्टर रिडर अर्थात् ओसिआर (OCR) को आवश्यकता पर्छ भने क्युआर कोड स्मार्टफोनको साथै ट्याब्लेट तथा कम्प्युटरबाट पनि स्क्यान गर्न मिल्छ।
बारकोड मुख्यतः प्याकेज्ड खाद्यान्नको पछाडि, सरकारी आइडेन्टिटी कार्डमा, इनभेन्टरी कनन्ट्रोल गर्न, लाइब्रेरीमा किताबको काउन्ट राख्न प्रयोग गरिन्छ भने क्युआर कोड मुख्यतः वेबसाइटको लिंक सेयर गर्न, अनलाइन पेमेन्ट गर्न, बैंक ब्यालेन्स ट्रान्सफर गर्न तथा अन्य डिजिटल प्रयोजनका लागि प्रयोग हुन्छ।
क्युआर कोडका फाइदा
नगद बोक्नु पर्ने बाध्यता नहुने
ग्राहकको खाता पहिचान गर्न सकिने
क्युआर कोडको प्रयोगले नोट धुलो मैलो हुने, नयाँ नोट निष्काशन गर्न लाग्ने लागत घट्ने
उपभोक्ता र सेवाप्रदायक दुवैको समय बचत हुने
भौतिक उपस्थितिविना नै कारोबार गर्न सकिने
व्यवसायिक कारोबारमा सहयोग हुने
यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुने भएकोले समय बचत हुने
आर्थिक गतिविधिलाई चलायमान बनाउने सहज उपकरण मानिने
यो प्रणालीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुने
यसमा लुकीछिपी कोही कसैले गैरकानुनी काम गर्ने सम्भावना कम हुने
मध्यम र साना व्यवसायिक संस्थाका निम्ति उपयुक्त हुने
यसमा कारोबार गरेको अभिलेखमा रहने
अन्य उपकरण वा हार्डवेयर डिभाइसको आवश्यकता नहुने
द्रुत स्क्यानिङले भुक्तानी प्रक्रियालाई गति दिने
सुरक्षात्मक व्यवस्थाका कारण गलत कारोबार हुने संभावना रहने
स्वचालित स्क्यानिङले मानव त्रुटि कम गर्ने
मार्केटिङ र सूचना साझेदारीको लागि प्रयोग गर्न सकिने
व्यवसाय, होटल, रेष्टुरेष्ट, वित्तीय लगायतका वृहत् क्षेत्रमा प्रयोग गर्न सकिने
क्युआर कोडका बेफाइदाहरु
सुरक्षा सरोकारहरूः इन्क्रिप्ट गरिएको छैन भने फिसिङको लागि कमजोर हुने
प्राविधिक निर्भरताः क्यामेरा र इन्टरनेट पहुँच भएको स्मार्टफोन चाहिने
जडानः लेनदेन पूरा गर्न एक स्थिर इन्टरनेट जडान हुनुपर्ने
डिजाइन प्रभावः क्युआर कोडहरूले स्टोरको सौन्दर्यमा बाधा पुर्याउन सक्ने
निष्कर्ष
बार कोड र क्युआर कोड दुवै मेसिन रिडेबल कोडहरु हुन् जुनमा इन्फरमेसनहरु स्टोर गरिएका हुन्छन्। दुवैको प्रयोग आफ्नै ठाउँमा छ र दुवै उत्तिकै चर्चित र लोकप्रिय छन्। कुनै पनि वस्तु खरिद गर्दा वा अनलाइन भुक्तानी गर्दा प्रायः बार कोड र क्यूआर कोडको प्रयोग बढ्दै गएको छ ।


