काठमाडौं । राष्ट्रिय किताबखाना र लोकसेवा आयोगबीच प्रणाली अन्तर–आबद्धता (Interoperability) विस्तार गर्न समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। यससँगै लोकसेवा आयोगको मास्टर आईडी प्रयोग गरी नयाँ कर्मचारीको व्यक्तिगत विवरण राष्ट्रिय किताबखानाको ई–सिटरोल दर्ता प्रणालीमा स्वतः (Auto Fill) हुने व्यवस्था लागू हुनेछ।
सम्झदारीपत्रमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र लोकसेवा आयोगका सहसचिव पुरुषोत्तम शर्माले हस्ताक्षर गरेका हुन्। नयाँ व्यवस्थाले नाम, ठेगाना, नागरिकता, शैक्षिक योग्यता लगायतका विवरण पटक–पटक प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने, समय र श्रम बचत हुने तथा विवरणको शुद्धता, एकरूपता र विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ। साथै, यो सुधारले सरकारी सेवालाई थप सेवाग्राहीमैत्री र डिजिटल बनाउने विश्वास गरिएको छ।
२०८३ असार ३१, बुधबार १९:५२ प्रकाशित



