
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार उनी गए राति खुमलटारस्थित निवासको शौचालयमा चिप्लिएर लडेका थिए। सो क्रममा उनको टाउकोमा चोट लागेको बताइएको छ।
घाइते प्रचण्डलाई तत्कालै ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो, जहाँ प्रारम्भिक उपचारपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
डाक्टरहरूको अनुसार चोट गम्भीर नभए पनि स्वास्थ्यमा विशेष निगरानी आवश्यक रहेको बताइएको छ।
२०८२ बैशाख २४, बुधबार ११:४४ प्रकाशित