लोकसेवा टिप्स :वस्तुगत सामग्री


  • एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने पहिलो राष्ट्र कुन हो ? – बेलायत
  • संसारको सबैभन्दा खतरानाक मानिने गोआन्तानामो जेल कुन देशमा पर्दछ ? – क्युबा
  • १ सय १६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको
  • सन् १९०३ मा क्युबासँग वार्षिक २ हजार रुपैयाँ भाडा तिर्नेगरी अमेरिकाले लिएको
  • नेभल बेस बनाउने भनेर अमेरिकाले क्युबाको भूमि भाडामा लिएको
  • छिल्लीकोट कुन जिल्लामा पर्दछ ? – दाङ
  • राजा महेन्द्रको निधन कुन दरबारमा भएको थियो ? – दियालो बंगला दरबार (चितवन)
  • विश्वका ८ हजार मिटरभन्दा माथिका हिमालमध्ये १०औं नम्बरमा पर्ने हिमाल कुन हो ? – अन्नपूर्ण प्रथम
  • सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम पहिलोपटक आरोहण गरिएको
  • फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई लिचेनेलले पहिलोपटक आरोहण गरेको
  • अन्नपूर्ण पहिलो (८०९१ मिटर) को सफल आरोहणपछिमात्रै विश्वमा अन्य ८ हजार मिटर उचाइका हिमाल आरोहण सुरु भएको
  • अन्नपूर्णको आरोहण भएको ३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा मात्रै सर्वोच्च शिखर सगरमाथा (तत्कालीन उचाइ ८,८४८ मिटर) मा सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेका
  • अन्नपूर्णलाई किलर माउन्टेनको रुपमा लिइने
  • जुन ३ लाई अन्नपूर्ण डे का रुपमा मनाउन थालिएको
  • नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल नामकरण गरिएको
  • गण्डकी प्रेदशमा ८ हजार मिटरभन्दा अग्ला हिमाल ३ वटा रहेको (अन्नपूर्ण प्रथम, धवलागिरि र मनास्लु)
  • ०७८ वैशाख २ गते पहिलो पटक नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठको टोलीले अन्नपूर्णको सफल आरोहण गरेको
  • सन् १९४९ मा तत्कालीन प्रधानमन्त्री मोहनशमशेर राणाले अनुमति दिएको
  • कोरीडाँडा कुन जिल्लामा पर्दछ ? – कास्की
  • विश्वको १२औं अग्लो हिमाल कुन हो ? – ब्रोडपिक
  • एक बागी पुस्तकका लेखक को हुन् ? – उज्ज्वल प्रसाईं
  • भलमन्सा प्रथा कुन जातिमा प्रचलित रहेको छ ? – थारू समुदाय
  • भलमन्सासँगै अघारी, चिरक्या, चौकीदार, गुरुवा, केसौको पनि थारु समुदायमा चयन गरिने
  • अघारीले भलमन्साको अनुपस्थितिमा काम गर्ने
  • चिरक्या र चौकीदारले गाउँमा कुनै पनि कुराको जानकारी र सूचना प्रवाह गर्ने
  • गुरुवा र केसौकोले पूजापाठ गर्ने जिम्मेवारी लिने
  • सगरमाथा दिवस कहिले मनाइन्छ ? – २९ मे

२०८१ फाल्गुन ७, बुधबार २३:०५ प्रकाशित
ट्रेन्डिङ समाचार