अर्थमन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर


काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । त्यसैगरी मन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ नेतृत्व तोकेको छ। सार्वजनिक एक सूचनाअनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा मदन दाहाल नियुक्त भएका छन् भने भन्सार विभागको नेतृत्व महेश भट्टराईले सम्हाल्ने भएका छन्।

मन्त्रालयस्तरीय निर्णयअनुसार सहसचिव दाहाललाई आन्तरिक राजस्व विभागको प्रमुखको रूपमा जिम्मेवारी दिइएको छ।

यसअघि उनी अर्थ मन्त्रालयको प्रशासन महाशाखामा कार्यरत थिए। भट्टराई भने योजना अनुगमन तथा मुल्यांकन महाशाखाबाट भन्सार विभागको नेतृत्वमा आएका हुन्।

२०८१ माघ ३०, बुधबार २२:५२ प्रकाशित
ट्रेन्डिङ समाचार