ग्यास विस्फोट, १३ घाइते, एकको अवस्था गम्भीर


काठमाडौंको कमलपोखरीमा ग्यास सिलिण्डर विस्फोट हुँदा १३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सोमबार कमलपोखरीको सानदार मःम पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पठाइएको छ। घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ।

 

२०८१ माघ २४, बिहीबार १२:०५ प्रकाशित
ट्रेन्डिङ समाचार