लोकसेवा परीक्षा लक्षित १५ समसामयिक वस्तुगत प्रश्नोत्तर


१. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णय कहिले गरेका हुन् ?

 सन् २०२५ जनवरी २०

– अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिएपछि उनले अमेरिकालाई डब्लुएचओबाट बाहिर निकाल्नेसम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका ।

– ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि सङ्गठनबाट अमेरिकालाई अलग गरेका थिए ।

– ट्रम्पले सोही दिन पेरिस जलवायु सम्झौता परित्याग गर्ने आदेशमा पनि हस्ताक्षर गरेका ।

– विश्लेषकहरूले विश्वको दोस्रो ठुलो हरितगृह ग्यास उत्सर्जक मुलुक अमेरिका सम्झौताबाट बाहिरिनु जलवायु परिवर्तनविरुद्धको लडाइँका लागि ठुलो धक्का भएको बताएका । ट्रम्प आफ्नो पहिलो कार्यकालमा पनि ऐतिहासिक जलवायु सम्झौताबाट बाहिरिएका थिए ।

– जो बाइडेन सत्तामा आएपछि ट्रम्पका दुवै निर्णय उल्ट्याएका थिए ।

 

२. नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो ?

 विराटनगर जुट मिल

 

३. नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ?

 विसं २०२७ पुस २६

– विसं २०२७ पुस २६ गते कम्पनी ऐन, २०२१ अन्तर्गत प्राइभेट कम्पनीका रूपमा यसको स्थापना भएको ।

– निगम विसं २०३३ साउन ६ गते पब्लिक कम्पनीका रूपमा परिवर्तन भएको ।

४. वसन्त र पतझड नामक कृतिका लेखक को हुन् ?

 कन्फ्युसियस

५. ‘रातो कर माफ गर’ भन्ने आन्दोलन केसँग सम्बन्धित छ ?

 सेनेटरी प्याडको मूल्य

६. सार्सको पूरा रूप के हो ?

 सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम

– सन् २००२ को नोभेम्बरदेखि २००३ सम्म फैलिएको सार्सबाट १७ देशका ७७४ जनाको निधन भएको ।

७. मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?

 एन्जियोप्लास्टी

८. राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?

 विसं २०६५ वैशाख २२

 

९. दुई फरक गुण भएका जीवहरूबिच प्रजनन गराई ठिमाहा उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ ?

 हाइब्रिडाइजेसन

 

१०. प्राचीन कालको ‘रामचरित्र मानस’ र आधुनिक कालको ‘कृष्णायन’ कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?

 अवधि

 

११. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?

 महाभारत पर्वत

– (मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति र तल भासिएको भागलाई सन्नति भनिने ।)

 

१२. मोबाइल एप्स, कम्प्युटर सफ्टवेयरलगायतका डिजिटल उत्पादनमा रहेका ‘बग’ अर्थात् सुरक्षा कमजोरी पत्ता लगाउन र ठुलो क्षतिबाट बच्न कम्पनीहरूले सञ्चालन गर्ने प्रोग्रामलाई के भनी चिनिन्छ ?

 बग बाउन्टी प्रोग्राम

– कमजोरी पत्ता लगाउन ती कम्पनीहरूले बग बाउन्टी प्रतियोगिता राख्ने गर्छन् र त्यसका लागि निमन्त्रणा दिने गर्छन् ।

– यस कार्यमा साइबर सुरक्षामा दिग्गज्ञ इथिकल ह्याकरदेखि भर्खर यस क्षेत्रमा रुचि राख्ने जोसुकैले सहभागिता जनाउन सक्छन् ।

– यसरी डिजिटल उत्पादनमा रहेका छिद्र वा कमजोरी भेटिएमा त्यस कम्पनीलाई खबर गरिन्छ र त्यस्तो कमजोरी भेट्टाउने पहिलो व्यक्ति बन्न सक्नेलाई सो कम्पनीले घोषणा गरेको रकम प्रदान गर्छ, जसलाई बग बाउन्टी रिवार्ड भनिन्छ ।

– गुगल, फेसबुक, माइक्रोसफ्टलगायतका टेक कम्पनीहरूले नियमित रूपमा यस्तो प्रोग्राम सञ्चालन गर्ने गर्छन् ।

१३. नेपालमा एसएलसी बोर्डको स्थापना कहिले भएको हो ?

 विसं १९९० कात्तिक १६

१४. इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर कहिले सार्वजनिक गरिएको हो ?

 सन् २०१९ अप्रिल १०

– ब्ल्याक होल अन्तरिक्षमा भएको यस्तो गुरुत्वाकर्षण क्षेत्र हो, जहाँ अत्यधिक गुरुत्वबलका कारण प्रकाश पनि बाहिरिन सक्दैन ।

– वैज्ञानिकहरूका अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होल निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय हिसाबका आधारमा प्रमाणित गरिएको काल्पनिक सतह हुन्छ, जसलाई इभेन्ट होराइजन भनिन्छ ।

– यो क्षेत्रमा पुगेपछि कुनै पनि वस्तु बाहिर आउन सक्दैन । त्यसैले यो क्षेत्रलाई ‘प्वाइन्ट अफ नो रिटर्न’ को संज्ञा दिइएको हो ।

१५. एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) को स्थापना कहिले भएको हो ?

 सन् १९८९

– यसको प्रधान कार्यालय सिङ्गापुरमा रहेको ।

– यस संस्थाको पहिलो सम्मेलन सन् १९८९ मा अस्ट्रेलियामा सम्पन्न भएको ।

२०८१ माघ २४, बिहीबार ११:०८ प्रकाशित
ट्रेन्डिङ समाचार