काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभागीय कार्यसमितिमा नयाँ नेतृत्व चयन भएको छ ।
समितिको १२औँ अधिवेशनले झलनाथ नेपालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको खुला उपाध्यक्षमा महेशचन्द्र गिरी, महिला उपाध्यक्षमा अन्जु भट्टराई, सचिव सदानन्द सापकोटा, सहसचिव अम्बर अधिकारी, कोषाध्यक्ष रामबाबु खनाल निर्वाचित गरेको छ ।
२०८१ माघ १३, आईतवार २१:१५ प्रकाशित

