विद्युतीय चुरोट(भेप)को तस्करी रोक्न राजस्व कार्यालयको सक्रियता


फोटो सुन र भेप (साढे पाँच कोलम )
सुन र भेप तस्कर सलबलाउँदै (हेड)
सुन तस्करी गर्ने पाँचविरुद्ध १९ करोडको मुाद्दा
–राजस्व छली गर्ने क्रम उस्तै, ५५ जनाविरुद्ध मुद्दा
–६ महिनामा २ अर्ब सजाय माग दाबी
–भेप तस्करीमा मुस्ताङका व्यापारीसहित दुई पक्राउ
–भेप र सुन तस्करीको जालो माथिसम्मै
–भन्सार अधिकृत र कर्मचारी विरुद्ध पनि मुद्दा

काठमाडौं । राजस्व छली गरेर अवैध रूपमा सुन ल्याउने र विद्युतीय चुरोट(भेप)को तस्करी गर्नेहरू सलबलाउन थालेका छन् । सुन र भेप तस्करी सलबलाउने क्रमसँगै राजस्व अनुसन्धान विभागले पनि सक्रियता बढाएको छ । यद्यपि तस्कहरू सलबलाउने क्रम भने यथावत् छ ।

विभागले आइतबार सुन तस्करीमा संलग्न जना जनाविरुद्ध १९ करोडको मुद्दा दायर गरेको छ भने केही दिनअघि मात्रै १ लाख २० हजार थान भेप बरामद गरेको छ । साथै भेप तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङका एक व्यापारी र उनका चालक रहेका छन् । विभागले ती व्यापारीमार्फत अन्य व्यापारीको समेत खोजतलास थालेको छ । साथै विभागले भेप तस्करीमा संलग्न भएको पाइएपछि मुस्ताङ भन्सार कार्यालयका केही कर्मचारीलाई पनि पक्राउ गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार एक कर्मचारी तस्करीमा प्रत्यक्ष संलग्न भएको पाइएपछि ती कर्मचारी फरार बनेका छन् ।

 

राजस्व चुहावटविरुद्धमा ६ महिनामा के कति प्रगति ?
मुद्दा दायर संख्या : २०
प्रतिवादी : ५५
विगो रकम : ४२ करोड २८ लाख ७० हजार
धरौटी माग : ३३ करोड ९३ लाख ७१ हजार
सूचना दर्ता संख्या : ५२७
विदेशी विनिमय अपचलनमा सजाय मागदाबी रकम  : २ अर्ब ३६ लाख

पक्राउ परेका दुईजनालाई भने १५ दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार विभागले आइतबार सुन तस्करीमा संलग्न पाँचजना सँग १९ करोड ४ लाख ५५ हजार विगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

अवैध सुन ओसारपसार गरी राजस्व छली कार्यमा संलग्न भएको पाइएपछि रसुवा जिल्ला निवासी रामकृष्ण बाइवा, बुद्धि बहादुर तामाङ, सुनील तामाङ,निमा डिण्डुप तामाङ र कमल घलेउपर जनही ३ करोड ८० लाख र कुल १९ करोड ४ लाख ५५ हजार विगो दाबी गर्दै अभियोगपत्र दायर गरिएको अधिकारीले जानकारी दिनुभयो । विभागका अनुसार सुनको अवैध कारोबारी गर्ने क्रममा उनीहरूले ना ६ ख ३५९७ नंको मालवाहक गाडीमा फल्स वटन बनाई चीनको केरुङ नाकाबाट ३ केजी सुन अवैध रूपमा काठमाडौ तर्फ ल्याएर चोरी पैठारी गरेका थिए ।

विभागले तीन साताअघि मात्रै बिलविजकविना सुुन तस्करी गर्ने विभिन्न व्यक्तिविरुद्ध ५० करोड ६० लाख भन्दा बढी र हदैसम्मको कैद सजायको माग दाबी लिइ अन्य व्यक्तिविरुद्ध पनि मुद्दा दायर गरेको थियो । विभागले भन्सार जाँचपास भई आएका र ट्रान्सपोर्टका ढुवानी साधनको चेकजाँच गर्दा मूल्यांकन, वर्गीकरण , गुणस्तर , परिमाण, फरक पारी राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्मलाई ८ करोड ३८ लाख जरिवाना तिराएको छ ।

विभागका अन्ुसार मातहतको पथलैया कार्यालयले ८ हजार २ सय ४३ दशमलव ९७० ग्राम बिलविजकविनाको सुनमा राजस्व छली गर्ने भारतीय नागरिक अभिषेक अजिनाथ कुटे, राहुल विट्टल वाड,राहुल गोरख दगडे,हन्मन्त विदुल मोरे तथा नेपाली नागरिक काभ्रेका आयुष सापकोटा, रविन्द्र वाइवा तामाङ र पर्वतका विनोद पुनविरुद्ध पनि केही समयअघि मुद्दा दायर गरेको थियो । यसैगरी, पथलैया कार्यालयबाटै विल विजकविना ४९१.१३ ग्राम सुन तस्करी गर्ने भारतीय नागरिक सुजीत सराफ, सप्तरी बस्ने सोनी कुमारी शाहलगायतलाई बिगो र जरिमानासहित १ करोड ३४ लाख ८८ हजार र हदैसम्मको कैद सजायको माग दाबी गर्दै अर्को मुद्दा दायर गरिएको थियो ।

यसैगरी राजस्व अनुसन्धान विभागले गत ३ मंसिरमा जनकपुर भन्सार कार्यालय जनकपुरअन्तर्गत लग्मा जटही छोटी भन्सार कार्यालयबाट असोज ६ गते जाँचपास भएका विभिन्न ट्रकमा भएका कुर्ता सुुरुवाललगायत मालवस्तुमा राजस्व छली गर्ने ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यसरी मुद्दा दायर भएकामा भन्सार अधिकृत १ जना र ३ जना नायब सुव्वासमेत रहेका छन् । यसैगरी २५ जना पूर्व भारतीय सैनिकविरद्ध पनि मुद्दा दायर गरिएको र उनीहरू विरुद्ध बिगो र जरिवाना गरी १० करोड ७२ लाख ४ हजार ९ सय ३२ रुपियाँ माग दाबी गरिएको छ ।

विभागका अनुसार केही दिनअघि मात्रै सुन तथा सुनका गरगहना र चाँदी तथा चाँदीका गरगहनामा राजस्व छली गर्ने विरगञ्जस्थित आरके एण्ड सन्स का प्रोपाइटर सन्दिप सर्राफलाई विगो र जरिवाना गरी २५ करोड ३४ लाख र हदैसम्मको कैद माग गर्दै मुद्दा दायर गरिएको छ ।

विभागका अनुसन्धान अधिकारीहरूका अनुसार पछिल्लो समय तस्करले सुन र भेपको तस्करीलाई तीव्रता दिन थालेको पाइएको छ । विभागले केही दिनअघि मात्रै प्रहरीको संयुक्त प्रयासमा उपत्यकाका विभिन्न स्थान तथा अन्य बाहिरी जिल्लामा पनि राजस्व छलेर नेपाल भित्राइएका विद्युतीय चुरोट(भेप) ठूलो मात्रामा बरामद गरेको थियो ।

तस्करहरूले नेपाललाई भेप तस्करीको ट्रान्जिट बनाउने प्रयास गरेको पाइएको छ ।
विभागका अनुसार चीनबाट मुख्यतयाः रसुवागढी र तातोपानी नाकामार्फत भेप आयात हुँदै आएको थियो । तर, यस पटक भने तस्करले कोरला नाकाको पनि प्रयोग गरेका छन् ।

विभागले ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलको एक गोदामबाट दुई साताअघि मात्र ८६ हजार थान भेप बरामद गरेको थियो। यसैगरी प्रहरीको विशेष सहयोमा विभागले मुस्ताङबाट ९५ कार्टुनमा १९ हजार थान भेप बरामद गरेको थियो भने पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको थियो । भेप र सुन तस्करीमा माथिल्लो तहसम्मको संलग्नता रहेको हुन सक्ने आशंकामा विभागले थप अनुसन्धान गरिरहेको जनाएको छ । अहिले पनि विभिन्न स्थानमा भेप तस्करी गरी भारततर्फ पठाउने गरिएको अनुमान विभागका अनुसन्धान अधिकारीहरूले गरेका छन् । यसैगरी विभागले विदेशी विनिमय अपचलनतर्फ विगत ६ महिनामा ३६ वटा मुद्दा दायर गर्दै २ अर्ब ३६ लाखको सजाय माग दाबी गरेको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेले सुन तस्कर र भेप तस्करको जालो तोड्ने प्रयासस्वरुप खोजी र अनुसन्धानलाई तीव्र पारिएको जानकारी दिनुभयो । उहाँले सरकारका सम्बन्धित निकाय तस्करी रोक्न कडाईका साथ लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । ‘सुन र भेपका तस्कर सलबलाइ रहेका छन्, उनीहरूको मनोबल किन उच्च भइरहेको छ भन्ने बारेमा सरकारका सबै निकायले गम्भीर भएर सोच्नुपर्छ र सोहीअनुसार नियन्त्रण गर्न सबै पक्ष याक्सनमा उत्रनुपर्छ । ‘विभागका महानिर्देशक घिमिरेले भन्नुभयो ।

२०८१ माघ ९, बुधबार २०:३४ प्रकाशित
ट्रेन्डिङ समाचार