सिर्सिया भन्सार कार्यालयबाट चालु आवको ६ महिनामा २३ अर्बभन्दा बढी राजस्व संकलन


काठमाडौं । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले कूल वार्षिक लक्ष्यको ३८.८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन १ अर्ब ४५ करोड ४१ लाख ७९ हजार रुपैयाँले कमी आएको छ। कार्यालयले चालु आवको साउन महिनामा ३ अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन ग¥यो। त्यस्तै भदौ महिनामा ४ अर्ब ६४ करोड ३० लाख, असोज महिनामा ४ अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा ३ अर्ब ७९ करोड २९ लाख राजस्व सङ्कलन गरेको थियो।

त्यस्तै, मङ्सिर महिनामा ३ अर्ब २२ करोड ८४ लाख र पुस महिनामा ३ अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरेको थियो। कार्यालयले गत आवको छ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन गरेको थियो।

२०८१ माघ ३, बिहीबार १२:२६ प्रकाशित
ट्रेन्डिङ समाचार