१. दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले ‘मार्सल ल’ को घोषणा कहिले गरेका हुन् ?
सन् २०२४ डिसेम्बर ३
– ‘मार्सल ल’ घोषणा भएको दुई घण्टा नबित्दै बहुमत सांसदद्वारा उनको आदेशविरुद्ध मतदान भएपश्चात् उनको सो कदम असफल बनेको । अन्ततः राष्ट्रपतिले मार्सल ल फिर्ता लिएको घोषणा गरेका ।
– राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पेस भएको थियो । सत्तारूढ दलका सांसदको बहिष्कारपश्चात् डिसेम्बर ७ मा राष्ट्रपति माथिको महाभियोग प्रस्ताव विफल भएको थियो ।
२. १२ औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा नेपाली पानारोमा अवार्ड जित्न सफल चलचित्र कुन हो ?
रेमन्यान्ट्स
– नेपाली पानारोमा अवार्ड : रेमन्यान्ट्स
– उत्कृष्ट महिला चलचित्रकर्मीको अवार्ड : सुविना श्रेष्ठ (देवी वृत्तचित्रकी निर्देशक)
– उत्कृष्ट सर्ट फिक्सन अवार्ड : दी फस्र्ट फिल्म
– उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड : ह्वेर वी युज्ड टु स्लिप वाई
– उत्कृष्ट फिचर फिक्सन अवार्ड : अल वी इम्याजिन एज लाइट
– ‘सामाजिक न्याय’ नारासहित २०८१ मङ्सिर २४ देखि २७ सम्म चलेको महोत्सवमा नेपालसहित विभिन्न २३ देशका ५३ चलचित्र प्रदर्शन गरिएको ।
३. २०८०/८१ को पहिचान पुरस्कार विजेता स्रष्टा को हुन् ?
राजु स्याङ्तान (कवितासङ्ग्रह : ओ पेङदोर्जे)
– पुरस्कार राशि चार लाख दुई हजार दुई रुपियाँ रहेको ।
– सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले यस महोत्सवको आयोजना गर्दै आएको ।
४. अमेरिकामा जातीय विभेदविरुद्ध १९५०/६० को दशकमा सञ्चालित अभियानलाई के भनी चिनिन्छ ?
सिभिल राइट्स मुभमेन्ट
– अमेरिकामा गोरा जाति र काला जातिबिच विभेद रहेको, गोरा जातिको तुलनामा काला जातिले मौलिक अधिकार कम पाएको साथै गोरा र कालाबिच आर्थिक असमानता बढ्दै गएको भनी यसको अन्त्य गर्नका लागि सन् १९५४–१९६८ को अवधिमा सञ्चालित अभियान ।
– यस अभियानका प्रमुख अभियन्ता मार्टिन लुथर किङ जुनियर, रोजा पाक्र्स, मालकोम एक्स, क्यासियल क्ले (मोहम्मद अली) आदि रहेका ।
– यस आन्दोलनका व्रmममा मार्टिन लुथर किङ जुनियर र माल्कम एक्सको हत्या भएको ।
– क्यासियल क्लेले जातीय विभेदप्रति विरोध जनाउँदै क्रिश्चियन धर्म त्यागेर इस्लाम धर्मबाट दीक्षित भई आफूलाई मोहम्मद अलीका रूपमा चिनाएका ।
५. सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने (विसं २०१३ मा) स्रष्टा को को हुनुहुन्छ ?
सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी
६. जङ्गबहादुरलाई राणाको पदवी कसले प्रदान गरेका थिए ?
श्री ५ सुरेन्द्र (विसं १९०५ मा)
७. पोथी सुँगुरलाई भुनी भनिन्छ भने भाले सुँगुरलाई के भनिन्छ ?
बुचो
८. नेपालकै पहिलो सहकारी गाउँका रूपमा घोषित गाउँ कुन हो ?
चुहानडाँडा, तेह्रथुम
९. इन्च्योन रणनीति (२०१३–२०२२) केसँग सम्बन्धित छ ?
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार
१०. जन्ती एवं बटुवाको स्वागतका लागि बिच बाटोमा सेतो कपडामा लोटा वा घैलामा पानी राखी त्यो सँगै सिन्दूर, दुबो एवं पैसा राख्ने कार्यलाई के भनिन्छ ?
चात्रो
– एक गाउँबाट अर्को गाउँमा जाने जन्ती तथा बाटोमा हिँड्ने बिटुवाको साइत राम्रो होस् भनी चात्रो राख्ने गरिएको हो ।
– चात्रोमा राखेको सिन्दूरलाई बटुवाले आफैँ लगाउने र केही दक्षिणा त्यो चात्रोमा राख्ने चलन रहेको छ ।
११. सुगौली सन्धि गरिएको ठाउँ कहाँ पर्छ ?
मकवानपुर
१२. नेपालकै पहिलो मानव अधिकारमैत्री गाउँका रूपमा घोषित गाउँ कुन हो ?
राँचुली गाउँ, कालीकोट
१३. सर्वप्रथम नगरगान घोषणा गर्ने नगरपालिका कुन हो ?
तिलोत्तमा नगरपालिका (रुपन्देही)
१४. अनुपम कारिगरीको नमुना शाश्वतधाम कहाँ पर्छ ?
नवलपुर (नवलपरासी बर्दघाट–सुस्ता पूर्व)
१५. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टद्वारा निर्माण गरिएको पहिलो ह्युमोनोइड एआई रोबोट कुन हो ?
यान्त्रिका रोबोट

