प्रमुख प्रशासकीय अधिकृतलाई तोकिएको ठाउँमा हाजिर हुन निर्देशन


काठमाडौँ । संघीय मामिला तथा सामान्य मन्त्रालयले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई २४ घन्टाभित्र खटाइएको ठाउँमा कार्यभार सम्हाल्न अल्टिमेटम दिएको छ ।

मन्त्रालयले  एक विज्ञप्ति जारी अधिकृत उर्मिला काफ्लेलाई २४ घण्टाभित्र खटाइएको स्थानमा कार्यभार सम्हाल्न अल्टिमेटम दिइएको हो।

मन्त्रालयले २४ घण्टा भित्र खटाइएको निकायमा रमाना भई कार्यभार सम्हालेर मन्त्रालयमा जानकारी दिन आदेश दिएको छ।

मन्त्रालयका अनुसार २०८० मंसिर १६ गतेको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई पञ्चदेवल विनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको थियो। तर, हालसम्म उनले खटाइएको स्थानमा कार्यभार सम्हाल्न नगरेको मन्त्रालयले जनाएको छ।

यसअघि पनि पुस १२ गते पत्राचार गरी उनलाई खटाइएको स्थानमा तुरुन्तै हाजिर हुन निर्देशन दिइएको थियो। तर, हालसम्म पनि खटाइएको निकायमा हाजिर नभएको जानकारी मन्त्रालयले प्राप्त गरेको छ।

मन्त्रालयले पुनः कडा रूपमा निर्देशन जारी गर्दै २४ घण्टाभित्र निर्दिष्ट कार्यक्षेत्रमा पुगेर कार्यभार सम्हाल्न सूचित गरेको छ।

 

२०८१ पुष २३, मंगलवार ०५:०२ प्रकाशित
ट्रेन्डिङ समाचार