काठमाडौं । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ । अध्यक्ष यादवका अनुसार पालिका उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट कार्यालय आउनको लागि गाडी उपलब्ध नगराएको भन्दै गाडी तोडफोड गरेकी हुन् ।
उनले भने, ‘गुरुजी खान खाएर उपाध्यक्ष ज्युलाई उहाँको घरमा लिन जाने कुरा भएको थियो । तर उहाँ मोटर साइकलमा आएर एक्कासी गाडी तोडफोड गर्नुभयो । अब कानुन अनुसार कार्वाही प्रक्रियालाई अगाडी बढाउँछौँ ।’
२०८१ पुष २१, आईतवार २१:०३ प्रकाशित

