काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको विभिन्न तह तथा पदहरूको लिखित परीक्षा नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले सोमबार एक सूचना जारी नेपाल विद्युत् प्राधिकरणको विभिन्न तह तथा पदहरूको लिखित परीक्षा नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको २०८०/०८१ का विभिन्न विज्ञापन नम्बर (आ.प्र., खुला तथा समावेशी) सेवा, समूह, उपसमूह, तह ८ र पदहरूको लिखित परीक्षा नतिजा प्रकाशन गरिएको छ ।
२०८१ मंसिर २५, मंगलवार ०५:५० प्रकाशित

