आज हिमपात हुनसक्ने


जल तथा मौसम विज्ञान विभागले दुई दिन पश्चिम नेपालमा वर्षा र हिमपात हुने जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै दुई दिन मौसम खराब हुने जनाएको हो ।

यो प्रणाली पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले प्रभाव क्षेत्रमै बढी पर्नेछ । यसैगरी देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यी क्षेत्रमा रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुनेछ ।

२०८१ मंसिर २२, शनिबार १३:०४ प्रकाशित
ट्रेन्डिङ समाचार